यो फिल्मका लागि बनाएका रहेछन् रणवीर कपुरले ‘हेभी’ ज्यान

२८ श्रावण २०७४

banner

मुम्बइ । रणवीर कपुरको ‘हेभी’ ज्यान सहितको फोटो देखिएसँगै उनले संजय दत्तको बायोपिकका लागि यस्तो बनाएको अनुमान गरिएको थियो । तर अनुमान गलत निस्कियो । रणवीरले यस्तो ज्यान बायोपिकका लागि नभइ अर्कै फिल्मको लागि बनाएको खुलेको छ । 


रिपोर्टका अनुसार रणवीरले यस्तो ज्यान आउँदै गरेको फिल्म ‘ड्रेगन’का लागि बनाएका हुन् । उनको यो लुक संजय दत्तको बायोपिकमा पनि देख्न भने पाइनेछ । उनले फिटनेस ट्रेनस कुणाल गिरको गाइडलाइनअनुसार शरीर हेभी बनाउने काम गरिरहेका छन् । कुणालका अनुसार उनको यो लुक आउँदै गरेका दुवै फिल्मको लागि हो । फिल्म जग्गा जासुस बनाउँदा रणवीरको तौल ७० किलो थियो । अहिले उनले आफ्नो तौल ८६ किलोसम्म पु¥याएका छन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »