मानिसहरुको ठुलो वस्ती रहेको क्षेत्रमा  आक्रमण, तेह्र सर्वसाधारण मारिए

२८ श्रावण २०७४

banner

मैमाना (अफगानिस्तान)। अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने आवासीय इलाकामा शुक्रबार राती भएको मोटार्सजडान धराप आक्रमणहरुमा परी कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको छ

। 
आवासीय इलाकालक्षित दुई वटा यस प्रकारको आक्रमणमा परी अन्य तीन जना व्यक्ति घाइते भएका अधिकारीहरुले जनाएका छन । 
उत्तरी फार्याब प्रान्तको दवलाताबाद जिल्लामा पर्ने टोर्त आताइ गाँउमा भएको यस आक्रमण परी निर्दोष १३ सर्वसाधारण नागरिकको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन । 


आतङ्ककारीहरुले गत शुक्रबार रातीे मोटार्स जडान गरिएको दुई धराप आक्रमण गरेका थिए । 
स्थानीय गाँउलेहरुले रक्तपातपूर्ण यो घटनाको पुष्टी गर्दै मृत्यु हुने र घाइतेहरुको विवरण पनि दिएका छन । 


तर बम कसले किन प्रहार गरेको हो भन्ने बारेमा भने अहिले सम्म पनि उनीहरुले पनि भन्न सकेका छैनन । सरकारी अधिकारीहरुले पनि घटनामा संलग्न समूहको पुष्टी गर्न सकेको छैनन । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको भने बताएका छन् । 
गत एक दशक देखि फार्याब प्रान्तको राजधानी मैमाना तालिवान लडाकूहरुको बलियो प्रभावमा रहेको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »