क्रिकेटमा बन्यो दुर्लभ रेकर्डः ६ बलमा ६ विकेट, सबै बोल्ड

२८ श्रावण २०७४

banner

एजेन्सी। क्रिकेटमा अहिलेसम्म एक ओभरका ६ बलमा ६ छक्काको रेकर्ड बनेको थियो । टेष्ट, वनडे र टी–२० सबै किसिमका क्रिकेटमा यो रेकर्ड बनिसकेको छ । अहिले भने बलिङमा पनि नयाँ रेकर्ड बनेको छ । इङल्याण्डका एक क्रिकेटरले एक ओभरका सबै ६ बलमा विकेट लिएर नयाँ रेकर्ड बनाएका हुन् । 

इङल्याण्डका १३ वर्षका स्कुले क्रिकेटर ल्यूक रबिन्सनले यस्तो दुर्लभ रेकर्ड बनाएका हुन् । उनले ६ बलमा सबै विकेट बोल्ड गरेका हुन् । यसरी उनले एउटै ओभरमा डबल ह्याट्रिकको दुर्लभ रेकर्ड पनि बनाएका छन् । उनको यो प्रदर्शन हेर्न उनको पूरा परिवार स्टेडियममा थियो । उनको यो चमत्कार सबैभन्दा नजिकबाट हेर्ने मौका उनका पिताले पाए किनकि उनका पिता स्टीफन खेलमा अम्पायर थिए । रबिन्सनले फिलाडेल्फिया क्रिकेट क्लवको अण्डर १३ टिमबाट खेल्दै यो चमत्कार गरेका हुन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »