गेट लगाउन खोज्दा आफैँ किचिएपछि..

२८ श्रावण २०७४

banner

मोरङ, घरको गेटले थिचेर मोरङमा एक जनाको मृत्यु भएको छ । 


 विराटनगर महानगरपालिका–१० बस्ने मनिष अग्रवालका सवारी चालक सोही महानगरपालिका–११ जनपथ टोलका ४५ वर्षीय गणेशप्रसाद आचार्यको घरको गेटले थिचेर मृत्यु भएको छ ।

 घरभित्र गाडी पार्किङ गरी स्लाईड गेट लगाउने क्रममा अचानक गेट लड्न गई थिचेर बिहीबार घाइते भएका आचार्यलाई उपचारको लागि कोशी अंचल अस्पताल हुंदै नोबेल अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।


 घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »