पहिरोमा बेपत्ता भएका व्यक्ति अझै भेटिएनन् ..

२८ श्रावण २०७४

banner

पाँचथर । फालेलुङ गाउँपालिका–३ स्थित ताङलेपामा रहेको नेवा खोलामा आएको पहिरोका कारण बेपत्ता भएका व्यक्तिको खोजी भइरहेपनि अझै भेटिएका छैनन् । 

भैरवीदल गण, ओदिन ब्यारेकको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजी कार्य जारी राखेपनि अहिलेसम्म उनीहरुको अवस्था पत्ता नलागेको भैरवीदल गणका गणपति शिवराम पन्तले जानकारी दिए । 

उनका अनुसार शुक्रबारदेखि नै उद्धारमा खटिएपनि अहिलेसम्म बेपत्ता भएका विष्णु राई, उनकी छोरी गंगा र नातिनी प्रियाको अवस्था अज्ञात रहेको छ । हाइड्रो रुँग्न बसेका उनीहरुलाई शुक्रबार आएको पहिरोले बेपत्ता बनाएको थियो । यस्तै, सोही वडाको खोलाघारीमा दुई घर बगाएको छ । 

स्थानीय दीलबहादुर राई र कर्णबहादुर राईको घर बगाएको स्थानीय दीपसन पौडेलले बताए। यस्तै, सोही स्थानका २० घरपरिवार निरन्तर पहिरो झरेपछि विस्थापित भएका छन् । 

अहिले उनीहरुलाई खुला चौरमा लगेर त्रिपाल टाँगेर राखिएको उनले वताए। अहिलेसम्म कुनै पनि निकायले राहत सामग्री पु¥याउन नसकेको पीडितले बताएका छन् । 

अहिलेसम्म २१ वटा पशु चौपाया मरेको स्थानीयले बताएका छन् । यस्तै, फालेलुङ–१ स्थित चोक्पाङदेनमा घरमाथिबाट आएको पहिरोले किचेर स्थानीय ८३ वर्षीय त्रिलोचन विकको मृत्यु भएको थियो । साथै, सोही स्थानका तीनजनाको घर खेत पहिरोले बगाएको थियो । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »