मलाई क्षमा गरिदिनु डाक्टर तिम्रो, जिबन रक्षाका लागि मैँले केही गर्न सकिन 

२८ श्रावण २०७४

banner

हो थाहा छ तिम्रा माग जायज छन् ।न मेरो न तिम्रो यो सिङ्गो रास्ट्रको लागि मृत्युसंग जुधिरहेछौ । हो म तिम्रो पक्षमा छु, चाहान्छु जित तिम्रो लडाइ को होस् । म लाचार छु, बिबश छु तिम्रा लागि केही गर्न सकिरहेकि छैन ।आखा खुल्लै छन , कानले सुनिरहेछु,शरीर चलेकै छ तैपनि म बेहोस छु ।

तिम्रा आबाजरदृष्य म कोरिरहेछु सुनाइरहेछु बस यहाँ भन्दा बढी गर्न सक्नी मेरो क्षमता छैन।म संग न पैसा छ न पावर, तिम्रा मागहरू का लागि न कसैलाइ किन्न सक्छु न आफैलाइ बेच्न, म बिबस छु आफैभित्र गुम्सिरहन ।तरबारको भाषा बुझ्नेहरुलाइ यो कलमको भाषा पचिरहेको छैन।अहिंसात्मक रुपमा जायज माग राख्दा न्याय , सत्यलाई मात्र नभई तिम्रो जिबनलाई समेत बेबारिसे बनाइदै छ, म बाध्य छु यो सब हेरिरहन।


यदि तिमिलाइ केही भैहाल्यो भने म कहिल्यै माफ गर्न सक्नी छैन आफुलाइ । भोलि मेरा सन्तानले किताबका कुनै पन्नामा तिम्रो यो त्यागलाई
पढिरहदा पक्कै प्रस्न गर्नी छन म सगं । सोध्ने छन तिम्रो मृत्युको कारण, म निसब्द हुने छु केहि छिन अनि भन्नी छु सिङ्गो नेपालले मार्यो गोबिन्द लार्इ। घृणाको दृष्टिले हेर्ने छन मलाइ आफ्नै सन्तानले, धिकार्निछन अहिलेको मेरो यो मौनतालाई । हत्याराको ताज पहिराउनी छन मलाइ जुन पक्कै सहज हुने छैन मेरा लागि।हे डाक्टर १ तिम्रो एउटै गल्ती भो, यो देशमा जन्मियौ यी भ्रष्टहरुको माजमा अनि मर्दै छौ यी अन्धाहरु का लागि ।।भो अब उठ, छाडिदेउ भोकै बस्न । म हेर्न सकिन केही आशहरु सहित अस्ताउदै गएको त्यो शरीर । तिमिलाइ केही भैहाले म कहिलै माफ गर्न सक्नी छैन आफैलाइ ।


मलाई क्षमा गरिदिनु डाक्टर १ सधै मेरो जिबन रक्षा गरिरहेका तिमि, तिम्रो जिबन रक्षाका लागि मैँले केही गर्न सकिन । डाक्टर भो छाड अनशन,


हत्याराको ताज पहिरिइ जिउन असह्य हुनेछ मलाई  ।
स्वस्तिका ढकाल 
पोखरा ।।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »