बिलिङ मेसिन जडान नगर्ने ट्याक्सीमाथि कारबाही सुरु

२९ श्रावण २०७४

banner

काठमाडौं। टयाक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोडन अटेरी गर्नेमाथि महानगरीय ट्राफिक प्रहरी महाशाखा र गुणस्तर तथा नापतौल विभागले कार्वाही सुरु गरेको छ । कम्प्युटराईज्ड मेसिन जडान् गर्नैपर्ने नियम उलंघन गर्ने टयाक्सी चालक र व्यवसायीहरुलाई कार्वाही गर्न सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । 

महाशाखाले हाल करिव १ सय १५ वटा टयाक्सीलाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अघि बढाएको छ । ठगी नियन्त्रण गर्न र समग्रमा सबै यात्रुहरुलाई सन्तुष्टि दिलाउन पनि यो अभियानलाई कडाईका साथ अघि बढाइएको प्रहरी नायव महानिरीक्षक खनालले स्पष्ट पारे । महाशाखाका अनुसार काठमाडौं उपत्यका भित्र मात्रै करिव २५ सय टयाक्सी अबैध रुपमा संचालन हुँदै आएका छन । उनीहरुले मिटर समेत जडान नगर्दा यात्रुहरु गठिने गरेको पनि प्रहरी नायक महानिरीक्षक खनालले स्मरण गराए । 

महाशाखाले शनिवारबाट त्यस्ता बिलिङ मेसिन जडान नगरेका टयाक्सीलाई नियन्त्रणमा लिन सुरु गरेको छ । महाशाखाले साउन पहिलो साता सम्ममा सबै टयाक्सीहरुलाई मिटर जडान गरी बिलिङ स्टिम लागू गर्न सार्वजनिक सूचनानै जारी गरेको थियो । त्यसलाई अटेरी गरेपछि कार्वाही सुरु गर्नु परेको पनि महाशाखाले स्पष्ट पारेको छ । यो स्टिममा यात्रुको तिरेको रकम र उसले चढेको दुरी समेत बिलिङ हुने गर्दछ । यता टयाक्सी व्यवसायी र चालकहरुले भने कम्प्युटराईज्ड स्टिमको कुरा गरेर आफूहरुमाथि लुटने काम भइरहेको आरोप लगाएका छन् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »