भर्जिनियामा निशुल्क स्वास्थ्य परिक्षण शुरु

२९ श्रावण २०७४

banner

वाशिंगटन डिसी। अमेरिकाको राजधानी वाशिंङटन डिसी नजिकै रेस्टन भर्जिनियामा निशुल्क स्वास्थ्य चौकी(फ्रि क्लिनिक) सुरु भएको छ।
नेपाली महिला संघ अमेरिका, ANWA एन् वा को सक्रियतामा अमेरिकामा रहेका नेपाली डाक्टरहरु र नेपाली नर्सहरुले स्वास्थ्य चेकजाँच गर्ने निशुल्क स्वास्थ्य चौकी यही अगस्ट १२ तारिखदेखि सुरु भएको हो ।  क्लिनिकमा नेपाली चिकित्कसकहरुका साथै एक जना अमेरिकन चिकित्सक पनि रहेका छन् ।

अमेरिकामा ३० बर्षदेखि चिकित्सक पेशामा संलग्न अनुभवी डा। महेश्वर बैद्य, २७ बर्ष देखीका चिकित्सक डा। गुणराज सुबेदी, डा। जुडी फर्गिक्सन सुबेदी ३ जना डाक्टरहरुले क्लिनिकको पहिलो दिन ३१ जना नेपालीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरिदिए ।
अमेरिकन डाक्टर  डा. जुडी फर्गिक्सनको स्वास्थ्य परिक्षण देखेर नेपालीहरु निकै खुशी देखिन्थे ।

वाशिंङगटन डिसी स्थित नेपाली दुतावासका ईकोनोमिक काऊँन्सिलर कैलाशराज पोखरेलका सुपुत्र डा। अंकित पोखरेलले पनि नेपाली फ्री क्लिनिकमा भोलेन्टिएरिङ्ग गरेका छन्।

फ्री क्लिनिकमा नेपाली डाक्टरसंग सेवा लिन ईच्छुक नेपाली दाजुभाई दिदि बहिनीहरुले सेलफोन नम्बर २०२३४१८६९६ मा स्वास्थ्य परिचारिका मंजु संग्रौलालाई फोन गरेर अग्रिम नाम लेखाउनु पर्ने कुरा क्लिनिकका सिईओ बिष्णु कुमारी थापाले जानाकारी गराईन् ।
क्लिनिकमा नर्थ अमेरिका महादेशकै पहिलो संस्था अमेरिका नेपाल सोशाईटी १९६७ का पुर्व अध्यक्षहरु खेम भट्टचन, प्रेम संग्रौला, बिजया शाह, रिता तिवारी ऊपस्थित थिए।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »