सनी लियोनीलाई डान्स सिकाउन घट्यो ८० किलो तौल 

२९ श्रावण २०७४

banner

मुम्बइ। कोरियोग्राफर गणेश आचार्य आफ्नो तौल ८० किलो कम गरेर सनी लियोनीलाई डान्स सिकाउन पुगेका छन् । यो आइटम गीत संजय दत्तको फिल्म भूमिमा हेर्न पाइने बताइएको छ । 

हालै गीतको सुटिङका फोटोहरु सार्वजनिक भएका थिए । ती फोटोमा सनी ब्याकस्टेज डान्सरहरुसँग नाच्दै गरेको देखिएकी छिन् । कोरियोग्राफर गणेश पछिल्लो समय आफ्नो तौल एक्कासी घटाएपछि चर्चामा छन् । उनले आफ्नो तौल एक्कासी घटाउनुको कारण खुलेको छैन । उनले सनी लियोनीका लागि तौल घटाएको हल्ला भने चलिरहेको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »