राहतलाई सहज र प्रभावकारी बनाउन सरकारको निःशुल्क एसएमएस सेवा

२९ श्रावण २०७४

banner

काठमाडौं। सरकारले बाढी, पहिरो र डुबान पीडित क्षेत्रमा राहत दिन निःशुल्क एसएमएस सेवाको समेत व्यवस्था गरेको छ । सूचना तथा संचार मन्त्रालयको आईतबार विहान बसेको बैठकले पीडितको राहतका लागि सहयोग पु¥याउन नेपाल टेलिकममार्फत् एसएसएस सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । 

बाढी र पहिरोबाट आहात जनतालाई राहत दिन एसएमएस सेवालाई निःशुल्क उपलब्ध गराउने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्राकृतिक विपत्ति झेल्ने नियति नेपालीहरुले भोग्दै आएकाले त्यसबाट हुने क्षेति न्यूनिकरण गर्न सरकार लागि परेको पनि स्पष्ट पारे ।

मन्त्री बस्नेतले नेपाल टेलिकमको काम कार्वाहीप्रति असन्तुष्टि पनि जनाए । उनले समयमै काम सम्पन्न गर्न टेलिकम चुक्ने गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । मन्त्री बस्नेतले टेलिकमको सेवालाई निजी क्षेत्रका संस्थाहरुले उछिन्ने अवस्था आउन नदिन पनि नेपाल टेलिकमलाई सचेत गराए । 

मन्त्री बस्नेतले मन्त्रालयको सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता पनि दोहो¥याए । उनले मन्त्रालयमा प्राविधिक जनशक्तिको अभाव नरहेको पनि उल्लेख गरे । त्यस अवसरमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बाढि र पहिरो प्रभावित क्षेत्रमा आफ्नो सेवा तत्काल सुचारु गराउन युद्धस्तरमा काम भइरहेको जानकारी दिएकी थिइन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »