गुडिरहेको बसमाथि पहिरो खस्यो एकको मृत्यु, ११ घाइते

२९ श्रावण २०७४

banner

सल्यान। सल्यानमा गुडिरहेको यात्रुबाहक बसमाथि पहिरो खसेको छ । 


 कपुरकोट गाउँपालिका–३ स्थित सल्यानबाट दाङतर्फ जाँदै गरेको ना.३ ख ३२३० नम्वरको बस गुडिरहेको अवस्थामा माथिबाट पहिरो खसेर बस च्यापिदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको परिचय खुल्न सकेको छैन । घटनामा अन्य ११ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि तुलसीपुर दाङतर्फ पठाइएको छ ।     

Leave a reply

HTML Tags are not supported

Post My Comment »