डुबानका कारण बिचल्लीमा परेकाको उद्धार

२९ श्रावण २०७४

banner

धनगढी । अविरल वर्षसँगै कैलालीको भजनी नगरपालिका क्षेत्रमा भएको डुबानका कारण बिचल्लीमा परेका करिब २० जनाको आज उद्धार गरिएको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रबरको डुंगाको सहायतामा यी व्यक्तिको उद्धार गरी सुरक्षित ठाउँमा राखेको छ । उद्धार गरिएका व्यक्तिहरु कतिपय हुलाकी राजमार्गको अग्लो ठाउँको सडकखण्डमा आएर बसेका छन् भने अन्य कतिपय व्यक्ति नजिकको आफन्तको घरमा आश्रय लिएर बसेका छन् । 

वर्षाका कारण स्थानीय कान्द्रा, मोहना, काँडा र पथरैया नदीमा बढेको पानी भजनी नगरपालिकाको ठेकीपुर, कुसुमघाट, नयाँ बस्ती, दैलेखी टोल वर्दवाफाँट, पकडियालगायत गाउँमा पसेपछि सो क्षेत्रका मात्रै तीन सय घर डुबानमा परेको स्थानीय चित्रबहादुर साउदले बताए। 

घरहरु डुबानमा परेपछि केही परिवारका सदस्य भुइँ तलामा रहेको आआफ्नो घरको अन्नपातसहित दोस्रो तल्ला वा घरको छानामा बसेर जोगिएका छन् । कैलालीको सीमादेखि झन्डै १० किलोमिटरको दूरीमा रहेको भारतको कैलाशपुरी बाँधका ढोका नखोलिएको कारण कर्णाली, मोहना, काँडा, कन्द्रा, पथरैया नदीमा बढेको पानीको सहत रोकिएपछि सो क्षेत्रमा डुबानको समस्या भएको हो । 

डुबानवाट प्रभावितको उद्धार र राहत वितरणको कार्य सुरु गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको पहलमा नेपाल रेडकक्रस सोसाइटी र फाया नेपाललगायत संघ संस्थामाफतर्् डुबानबाट पीडिलाई सुरक्षित राख्नका लागि त्रिपालको व्यवस्थाका साथै चिउरा, चाउचाउ, लत्ताकपडा वितरण गरिरहेको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »