आपूर्तिमन्त्री मण्डल बाढी प्रभावित क्षेत्रमा 

२९ श्रावण २०७४

banner

बिराटनगर– आपूर्तिमन्त्री शिवकुमार मण्डल बाढीका कारण डुवनमा परेको मोरङ्गमा पुगेर स्थलगत निरीक्षण गरेका छन्  । मन्त्री मण्डल आईतबार मोरङ्गका विभिन्न स्थानमा पुगेर बाढीले पु¥याएको क्षतिको निरीक्षण गरी राहत र उद्धारमा सहभागि भएका हुन् ।


  शनिबार रातीदेखि नै स्थानीय राजनीतिक दलहरु, प्रशासन, प्रहरी लगायतसंग छलफल गरेका मन्त्री मण्डल बिहानैदेखि डुवान प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका थिए । उनले  बिहानैदेखि, रंगेली, कर्सिया, बलासा लगायतका क्षेत्रमा पुगेर निरीक्षण गरेको मन्त्रीका स्वकिय सचिव दिपेन्द्र ओडारीले बताए ।  ‘जगमग्न भएका स्थानहरुको अवस्थाबारे निरीक्षण गर्नुका साथै राहत र उद्धारको लागि स्थानीय निकायलाई निर्देशन दिईरहनुभएको छ’ ओडारीले भने  ‘कतिपय स्थानमा मोटरबाटो पनि नभएकोले पैदलै हिँडेर निरीक्षण चलिहरहेको छ ।’ 


उक्त क्षेत्रमा टेलिफोनको नेटवर्क नै नभएको कारण सञ्चार सम्पर्क गरी उद्धार र राहतका लागि समस्या भएको छ । जनतालाई तत्काल उद्धार गर्न, प्रभावित क्षेत्रमा औषधी, लत्ताकपडा र खाद्यान्न लगायतका सामग्रीको अभाव हुन नदिनका लागि प्रयास भइरहेको बताइएको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »