राजपालाई नयाँ चुनाव चिन्ह उपलब्ध गराउन नसकिने : निर्वाचन आयोग

२९ श्रावण २०७४

banner

काठमाण्डौँ। निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी, नेपाललाई नयाँ निर्वाचन चिन्ह उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ ।
सत्तारुढ काँग्रेस, माओवादी केन्द्र तथा राष्ट्रिय जनता पार्टी, नेपालका नेतृत्वसँगको सामूहिक छलफलमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा नयाँ निर्वाचन चिन्ह कुनै पनि राजनीतिक दललाई उपलब्ध गराउन नमिल्ने प्रष्टयाएका हुन् । 

आईतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय जनता पार्टीका नेताहरुले छाता चुनाव चिन्ह उपलब्ध गराउन माग गरेका थिए । तर, निर्वाचन आयोगले भने राष्ट्रिय जनता पार्टीलाई पुरानै चुनाव चिन्ह मात्रै दिन सकिने प्रष्टयाएको हो ।

निर्वाचन चिन्ह र संविधान संशोधनको विषयमा छलफल गरिएको राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । उनले बाढि, पहिरो पीडितलाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको बताए ।

बैठकमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय जनता पार्टीलाई उपयुक्त चुनाव चिन्ह उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »