१३ औं दक्षिण एशीयाली खेलकुद गुम्न सक्ने चेतावनी

२९ श्रावण २०७४

banner

नेपाल ओलम्पिक कमिटीले नेपालमा हुने तय भएको १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता गुम्न सक्ने चेतावनी दिएको छ । 
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले प्रतियोगिता आयोजना गर्न आफूहरुसँग आवश्यक समन्वय समेत नगरेकोमा आपत्ति पनि जनाए ।


आईतबार काठमाडौंमा आयोजित एृक कार्यक्रममा बोल्दै उनले प्रतियोगिता आयोजना गर्ने एक मात्रै आधिकारिक निकाय आफू नेतृत्वको ओलम्पिक कमिटी भएपनि सरकारले त्यसलाई बेवास्ता गरिरहेको आरोप लगाए । अध्यक्ष श्रेष्ठले मुलुककै प्रतिष्ठाको रुपमा रहेको खेलकुद आयोजनालाई सम्पन्न गर्न छाडेर सरकारले राजनीति गरिरहेको दावी पनि गरे । उनले सरकारलाई खेलकुदको तयारीका लागि ओलम्पिक कमिटीसँग समन्वय गरेर अघि बढन संसदीय समितिहरुले निर्देशन दिनुपर्ने खाँचो औल्याए ।

सरकारले २०६८ सालमै १३ औं दक्षिण एशीयाली खेलकुद नेपालमा आयोजना गर्न सकिने निर्णय गरेको थियो । तर विनाशकारी भूकम्पका कारण सो निर्णय कार्यान्वयन हुन सकेको थिएन । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »