हजारभन्दा बढी बाढीपीडितलाई सेनाले गर्यो उद्धार

२९ श्रावण २०७४

banner

काठमाडौँ। नेपाली सेनाले बाढी र डुबानमा परेका हजार भन्दा बढीलाई उद्धार गरेको छ । 

नेपाली सेनाका दुई हजार बढी उद्धारकर्मीले झापाको शिवसतासी नगरपालिकाबाट २६८ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट ५५० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। 

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाले चितवनको जगतपुर क्षेत्रमा फसेका ३०० जना विद्यार्थीलाई उद्धार गर्नुका साथै पाँचथर, मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, सिन्धुली, पाल्पा, नवलपरासी, बर्दिया, दाङमा तदारुकताका साथ जुटेर उद्धार तथा राहतका कार्य निरन्तर सञ्चालन गरिरहेको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »