राजधानीमा नाडा अटो शो हुँदै, मह जोडी ब्राण्ड एम्बासेडर

४ भाद्र २०७४

banner

काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले यही भाद्र १३ गतेबाट राजधानीमा नाडा अटो शो गर्ने भएको छ । काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी कक्षमा हुन लागेको नाडा अटो शो २०१७ को १२ औं संस्करण भाद्र १३ गतेदेखि १८ गते सम्म चल्नेछ ।

आइतबार राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा पत्रकार सम्मेलन गरी आयोजकले सो कुराको जानकारी दिएको हो । प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथ साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्ट्स्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरु लगायत वित्तिय संस्था तथा इन्स्योरेन्स समेतको बृहत सहभागिता रहनेछ जसमा नेपालमै उत्पादिन् सामग्रीहरु समेत रहने छन् ।

यस वर्षको मेलामा साना ठूला गरि लगभग १३० वटा स्टलहरु रहने छन् जसमा ९० वटा संस्थाहरुको सहभागिता रहने छ । साथै प्रदर्शनीमा १६ वटा ब्राण्डका ४-पाङ्ग्रे, १९ वटा ब्राण्डका २-पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरु समेत रहने छन् ।

प्रवेश टिकटमा बम्पर उपहार स्वरुप आइएमई अटोमोटिभ्स द्वारा प्रायोजित युएम रिनेगेड कमाण्डो २३० सिसी मोटर साइकल समेत रहेको छ । ६ दिनसम्म चल्ने यस वर्षको नाडा अटो शो २०१७ मा लगभग ५०००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वासका लिइएको छ  भने प्रदर्शनीलाई अझ भव्व र प्रभावकारी बनाउन मह जोडीलाई ब्राण्ड एम्बासेडर समेत बनाइएको छ ।

साथै बाढी र पहिरोबाट पीडित जनताको राहतका लागि नाडाद्वारा यस नाडा अटो शो २०१७ बाट हुने आम्दानीबाट पाँच लाख रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »