कोरोनाविरुद्द लड्न नेपाल सरकारलाई एनआरएनएको साथ, १ करोड सहयोग गर्ने

डिसी नेपाल
९ चैत २०७६ २२:२०

काठमाडौँ । संसारभर आतंक मच्चाइरहेको प्राणघातक कोरोना भाइरसको संक्रमण विरुद्द लड्न नेपाल सरकारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले साथ दिने भएको छ ।

संघल कोरोना रोकथाम तथा नियन्त्रणका लागिे सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष कुमार पन्तले डिसी नेपाललाई बताए ।

‘संघले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारलाई राहतस्वरुप १ करोड रुपैँया सहयोग गर्ने भएको छ,’ पन्तले भने ‘यो रकम हामीले कोषमा जम्मा गराइदिने भनेका छौँ । तर उहाँहरुले उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्रीको व्यवस्था गरिदिन भन्नु भयो भने हामीले यो रकम बराबरको स्वास्थ्य सामाग्री खरिद गरेर उपलब्ध गराउनेछौँ ।’

संघको आइतवार बसेको अन्तराष्ट्रिय परिषद (आइसीसी) को बैठकले यो निणर्य गरेको पन्तले बताए । बैठकले हरेक एनसीसीहरुमा पनि कोरोनाबाट समस्यामा परेका नेपालीका लागि सहयोग गर्न संयोजक तोकिदिएको उनको भनाइ छ । बैठकले विदेशमा कोरोनबाट प्रभावित भएका नेपालीहरुको तुरुन्तै विवरण संकलन गर्न पनि निर्देशन दिएको छ ।

त्यस्तै बैठकमा कर्मचारी नियमावली, आचासंहित, मेघाप्रोजेक्ट लगायतका विषयमा पनि छलफल भएको थियो ।

चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोन भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै मातृभूमिलाई सहयोग गर्न एनआरएनएले समेत आफ्नो सक्रियता देखाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *