बजारमा आयो सामसङ ग्लोक्सी नोट ८, यस्ता छन् फिचरहरु

८ भाद्र २०७४

banner

एजेन्सी। गएराति न्यूयोर्कमा आयोजित एक भव्य कार्यक्रममा सामसङले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी नोट ८ सार्वजनिक गरेको छ । कम्पनीले यो अहिलेसम्मको सबैभन्दा पावरफुल ह्याण्डसेट भएको दावी गरेको छ । यो फ्याबलेटको मूल्य झण्डै एक लाख नेपाली रुपैयाँ पर्नेछ । यो चार रंगमा उपलब्ध हुनेछ । 

सामसंगका अन्य स्मार्टफोनजस्तै ग्यालेक्सी नोट ८ पनि क्यामेरा डिभाइस हो । कम्पनीले यसमा दुई रियर क्यामेरा जडान गरेको छ । यी दुवै क्यामेरा १२ मेगापिक्सेलका छन् । यसमा टेलिफोटो टेक्नोलोजी प्रयोग गरिएको छ । यी दुई क्यामेराको सहायताले एकैपटक दुई फोटो अिच्न सकिनेछ । दुई मध्ये एक फोटो क्लोजअप र दोस्रो ब्याकग्राउण्डसहितको हुनेछ । यसमा क्यामेरालाई पनि परिमार्जन गरिएकोले कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सकिनेछ । फोनमा सेल्फीको लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ । फ्रन्ट र रियर दुवै क्यामेरामा एलइडी फ्ल्यास जडान गरिएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »