अध्यक्ष पदमा प्रेम प्रसाद पौडेलको उम्मेदवारी किन ?

१२ भाद्र २०७४

banner

आदरणीय  डिसी महानगर निवासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरू,
मैले अमेरिका नेपाल सोसाइटीमा बिभिन्न तहमा रहेर बिभिन्न समयमा कार्यरत रहेका पदाधिकारीहरू, डिसी महानगर क्षेत्रमा सामाजिक अभियानमा लागेका   बिभिन्न पेशा र क्षेत्रमा क्रियाशील महानुभावहरू, बिभिन्न संघसंस्थामा आबद्ध नागरिक अगुवाहरूसग निकैलामो छलफलगरी उहाहरूकै अनुरोधमा आगामी २ बर्षे कार्यकालकालागी (२०१७-२०१९) मैले सोसाइटीको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु।निर्वाचन आगामी अक्टूबर ८ तारिखका दिन मेरिल्यान्डको नेपाली शैक्षिक तथा संस्कृतिक केन्द्र (NECC)  ब्रेन्डसभिल्ले म्यारिल्यान्ड को प्रागणमा हुनगैरहेको कुरा संम्बद्धसबैमा जानकारीका लागी अनुरोध गर्दछु ।

मेरो ब्याक्तिगत तथा पारिवारिक पृष्ठभूमि :

म ईन्जिनियरिग्ग बिषयको बिधार्थी हू र सिभिल ईन्जिनियरिग बिषयमा स्नातक गरि नेपालमा करिव २४ बर्ष खानेपानीका क्षेत्रमा नेपालमा सेवा गरे पश्चात ईस्वि संम्बत २०१० मा प्रवेस गरे र अहिले प्रिन्सविलीयम काउन्टीको वातावरण शाखामा कार्यरत छु।हाल म, मेरी धर्मपत्नी र दुई छोरिहरूका साथ भर्जिनियाको मनासस शहरमा बस्दै आएको छु।मेरो जिवन संगिनी मानबशास्त्रमा स्नातोक्तर हुन भने छोरीहरू क्रमस सिभिल ईन्जिनियरिग र जिबशास्त्रमा ( Biology) हालै मात्र जर्जम्यासन तथा भर्जीनिया कमनवेल्थ यूनिभर्सिटीबाट स्नातक तहको अध्ययन पुरा गरिसकेका छन् । मेरो जन्म मध्यम बर्गीय किसान परिवारमा चितवन जिल्लाको अती दुर्गम क्षेत्र माडिमा बि. सं २०२३ सालमा पिता देबराज पौडेल र आमा स्व. कासीमाया पौडेलको कोखमा भएको हो । मेरो परिवार २०१९ सालमा कास्कि जिल्लाको हंसपुर गाविसको दागसिमरागबाट चितवनको गर्दि गाविसको भैरवपुरमा बसाईसराई गरेको रहेछ त्यसपछी नेपालमा मेरो परिवारका अन्य सदस्यहरू भरतपुर महानगरपालीकाको वार्ड नम्बर ७ कृष्णपुरमा बस्दै आउनु भएको छ।मेरो बिबाह दाग को मानपुर गाविसको दुधराश निवासी रत्नमाया अधिकारीसग बि. सं. २०४७ मा भएको हो।

सगठनको संक्षिप्त जानकारी:

अमेरिका नेपाल सोसाइटी आज भन्दा ५० बर्ष अघि १९६७ जनवरी १९ मा अमेरिकी पूर्व राजदूत ईल्सवर्थ बन्कर र नेपाली पूर्व राजदूत पदम् बहादुर खत्रीको बिषेश पहलमा १२५ जनाको उपस्थितीमा अमेरिकाको राजधानी वासिंगटन डिसीको ईन्टरनेसनल क्लबमा गठन भएको थियो। यसको मानार्थ अध्यक्ष र उपाध्यक्ष पद क्रमस ईल्सवर्थ बन्कर र पदम् बहादुर खत्री स्वयंले ग्रहण गरि संस्थाको  सभापतीको रूपमा अमेरिकी सैनिकका रिटायर्ड कर्णेल विलियम ग्रासमले नेतृत्व गर्नुभएको कुरा उपलब्ध दस्ताबेजमा उल्लेख छ।उक्त पहिलो कार्यसमितिमा नेपाली बिधार्थी ठाकुर नाथ पन्तको सहभागिता थियो।

यो संस्थाले समय सापेक्ष गति लियो कि लिएन(?) बहसको बिषय हुन सक्ला तर नेपालप्रति अगाध स्नेह राख्ने पिसकेोर स्वयंसेवक, यूएसआईडि, सेभ द चिल्ड्रेन लगायतका परियोजनामा नेपालमा काम गरेका बिभिन्न मुलका अमेरिकी नागरिकको पहलमा गठन भएको यो नै सबै भन्दा पुरानो नेपाली संस्था हो भन्नेकुरामा दुईमत नहोला । यस  संस्थाको बिकास, प्रबर्द्धन तथा संम्बर्धनमा आम प्रवासी नेपालीहरू बिनाहिच्किचीहट सहभागी बनी संयुक्त राज्य अमेरिकाको नेपालीको एेतिहासिक धरोहरलाई जोगाउन सबै एकजुट हुनुपर्ने आजको आवश्यकता हो भन्ने मेरो ठहर छ।

मेरो सगठनात्मक चासो र प्रतिबद्धता: 

यस गरिमामय संस्थाको आगामी नेतृत्व समयसापेक्ष सबल, सक्षम र कर्तव्यनिष्ठ छनौट गर्न डिसी महानगरक्षेत्रमा बसोबासगर्ने प्रवासी नेपाली तथा अन्य नेपाल र नेपालीहरूका शुभचिन्तकहरूको चासो र चिन्ताहुनु  स्वभाविक  र  उत्तिकै आवश्यक पनी छ। ईस्वी सम्बत २०१० मा म अमेरिका आएदेखिनै यसका क्रियाकलापलाई नगिचबाट नियाल्दै सगठनका बिभिन्न क्रियाकलापहरूमा संलग्न तथा सहभागीहुदै आएको र अहिले अमेरिका नेपाल सोसाइटीको कार्य समितीमा (२०१४-२०१७)संस्थाको महासचिव पदमा रहि सक्रिय रूपमा कार्यरत रहदै आएको कुरा सर्बविदित नै छ। संस्थामा आजीवन तथा साधारण सदस्य संख्या उल्लेख्य रूपमा बृद्धीगर्न मैले खेलेको भूमिका सबैका सामु छर्लग्ग छ। सगठनलाई स्थायित्व प्रदानगरि मज़बूत र बिस्तारगर्ने कार्यमा यहाहरूले प्रदान गर्नु भएको अभिरुचिले मलाई थप हौसला मिलेको छ। यस कार्यमा मलाई हौसला प्रदानगर्ने, सकारात्मक सल्लाह र सुझाव दिने तमाम डिसी महानगर निवासी आदरणीय महानुभाव प्रती हृदयदेखी नै आभार ब्यक्त गर्दछु।यहाँहरूको सहयोग, सहभागिता र सद्भावले आगामी दिनमा संगठनलाई निरन्तर गतिशील बनाउदै जनचाहना अनुसार परंम्परागत शैली र ढॉचामा परिवर्तनगरी युवा तथा बिधार्थीहरूलाई सहभागीहुने कार्यक्रम ल्याउने तर्फ अग्रसर हुनेछु। सबै संघ संस्थाहरूसग समन्वय र सहकार्यगरी साझा उद्देश्यहरूमा एकता क़ायम गरी अमेरिका नेपाल सोसाइटीलाई छाता संगठनको रूपमा डिसी महानगर क्षेत्रमा बिकास गर्न म निरन्तर सक्रिय रहने छु भन्ने बिश्वास दिलाउन चाहन्छु।

मेरो सगठनात्मक संलग्नता र अठोट:

संस्थामा ब्यापक जनसहभागिता गराई संगठनात्मक सुदृढ़िकरणकालागी मैले गरेको प्रयत्न यहाहरू सबैमा छर्लग्ग छ र इच्छुक महानुभावहरूले बेलैमा यसको सदस्यता लिई क्रियाशीलहुन समेत हार्दिक अपील समेत गर्दछु।

समाजिक अगुवाहरूले अल्पकालिन र दीर्घकालीन योजनाहरूको तर्जुमा गरी समस्याहरूलाई संम्बोधन गर्न सगठनात्मक दि्ष्टिकोण अगाडी ल्याउन ज़रूरी छ।समाजले आवश्यक महषुस गरेको कुरालाई सम्बोधन गर्न नसक्ने संस्थाहरू बिलिन हुदै जाने निश्चित छ। उदाहरणको लागी अहिले भर्जिनियामा नेपालीहरूको सामुदायिक श्रोतकेन्द्र ( Community Resource Center) आवश्यक छ। यो मेरो एउटा मुख्य दीर्घकालीन योजना मध्यको एउटा मुख्य योजना हो ।यो र यस्तै अन्य योजना सहितको घोषणापत्र छिट्टै यहाहरू समक्ष पेश गर्नेछु।  मैले संस्थामा रहेर ३ बर्षमा गरेको अनुभव, मेरो शैक्षिक योग्यता, सामाजिक क्रियाकलापमा मेरो संलग्नता ( नेपाल रेडक्रस सोसाइटी- आजीवन सदस्य, गैरआवाशिस नेपाली संघ-सदस्य, ईक्वालिटी फ़ाउन्डेशन- सदस्य,अमेरिकन सोसाइटी अफ नेप्लिज ईन्जिनियर्स -सदस्य, अमेरिका नेपाल हेल्पिग सोसाइटी - क्रियाशील सदस्य), मेरो बैयक्तिक स्वभाव र क्षमतालाई हेरेर मुल्याकन गर्न सबै महानुभावहरूमा अनुरोध गर्दछु। म आफूलाई स्वयं अग्लो घोषित गर्न अरूको खुट्टा काट्ने प्रबृती प्रति गंम्भिर असहमति राख्दछु।तसर्थ मतदाता सामु देखिएका बिकल्पहरू मध्ये यहाहरूलाई मेरो कुरा मनपर्यो भने मलाई आगामी कार्यकालका लागी अध्यक्षपदमा निर्वाचित गर्न संम्पूर्ण मतदाताहरूमा बिनम्र अनुरोध गर्दछु। 
धन्यवाद !

प्रेम प्रसाद पौडेल
अध्यक्ष पदको उम्मेदवार 
तथा 
महासचिब
अमेरिका नेपाल सोसाइटी वाशिंगटन डिसी

Leave a reply

HTML Tags are not supported

Post My Comment »