पाल्पामा जीप दुर्घटनामा १० जना घाइते

१२ भाद्र २०७४

banner

पाल्पा। पाल्पाको पुर्वखोला गाउँपालिका १ तालखोलास्थित अर्चले सुलुवा सडक खण्डमा जिप दुर्घटना भएको छ। 


लु.१ ज १७२१ नम्बरको जिप सोमबार दुर्घटना हुँदा जिपमा सवार चालक सहित १० जना घाइते भएका छन् ।घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ६ जनालाई उपचारको लागि मेडिकल कलेज प्रभासतर्फ पठाइएको छ भने ४ जनाको अबस्था सामान्य रहेको छ ।

साथै उक्त जिपको छतमाथि रहेको लु.१० प ६४७१ नम्बरको मोटरसाइकलसमेत क्षति पुगेको छ ।दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »