नाडा अटो शो सुरू (फोटो फिचर)

१३ भाद्र २०७४

banner

काठमाडौँ। नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो शो आजबाट सुरु भएको छ। काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको शोको यातायात मन्त्री वीरबहादुर बलायरले उद्घाटन गरेका हुन्। नाडा अटो शो २०१७ को १२ औं संस्करण भाद्र १३ गतेदेखि १८ गते सम्म चल्नेछ। प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्ट्स्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरु लगायत वित्तीय संस्था तथा इन्स्योरेन्स समेतको बृहत सहभागिता रहनेछ। जसमा नेपालमै उत्पादित् सामग्रीहरु राखिएको छ।

१६ वटा ब्राण्डका ४–पाङ्ग्रे, १९ वटा ब्राण्डका २–पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरु पनि प्रदर्शनमा रहेका आयोजकले जानकारी दिए।

तस्बिरः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »