राष्ट्रसंघ र नेपालबीच ५ वर्षे विकास सहायता संरचनामा समझदारी

१६ भाद्र २०७४

banner

काठमाडौं। संयुक्त राष्ट्रसंघ र नेपालबीच ५ वर्षे विकास सहायता संरचनामा समझदारी भएको छ।  शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक भेरिया जुलियान्ड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ५ वर्षे विकास सहायता संरचना सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरे।

नेपालको समावेशी आर्थिक वृद्धि, फराकिलो सामाजिक विकास, वातावरणीय र पर्यावरणीय क्षेत्रको विकास गरी विपद व्यवस्थापन र सुशासनको क्षेत्रमा संयुक्त राष्ट्रसंघले पाँच वर्षसम्म मिलेर काम गर्नेगरी समझदारी भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. वाग्लेले जानकारी दिए।

समझदारी अनुसार संयुक्त राष्ट्र संघ अन्तरगत संचालित सबै कार्यक्रमहरुले सो क्षेत्रको विकासका लागि आर्थिक सहायता उपलब्ध गराउनुपर्नेछ । नेपालमा हाल करिव २५ वटा संयुक्त राष्ट्र संघीय कार्यक्रमहरु संचालनमा रहेका छन्। कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघले ६ सय ३५ मिलियन अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने सहमति पनि गरिएको छ। 

पाँच वर्षे विकास सहायता संरचना सम्बन्धि समझदारीेले नेपालको विकासको दिशा निर्दिष्ट हुने लक्ष्य पनि लिइएको छ । कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघकी आवासीय संयोजक जुलियान्डले नेपालको दिगो विकासका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्। संयुक्त राष्ट्र संघले नेपालको समग्र विकासका लागि समुदायमा आधारित विभिन्न खालका कार्यक्रम संचालन गर्दै आएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »