गजल- लिएर कोही, जादैन केही!

१६ भाद्र २०७४

banner

फक्रिएको फूल पनि त, झरेर एकदिन जाने हो !!
किन गर्छौ तँ–तँ र "म-म" मरेर एकदिन जाने हो !!

जिन्दगीको गोरेटोमा कयौं आउँछन् बाधा व्यवधान्
संघर्ष गरी जसरी, जंघार तरेर एकदीन जाने हो !!

 उच–निच धनि–गरिब मोहं माया सबै त्यागी
सोचौं, अरूले भन्दा भिन्नै, गरेर एकदिन जाने हो !!

भन्नेले भनोश न. सही, उ राम्रो मान्छे थिएन
सबैको दिल दीमागमा मिठास, भरेर एकदीन जाने हो !!
लियर केही आएनौ हामी न।केही लियर जाने छौ
देंह आगोमा वाली खरानी, छरेर एकदिन जाने हो!!

[[द्दूफक्रिएको फूल पनि त।, झरेर एकदिन जाने हो!!
किन गर्छौ तँ–तँ र "म–म" मरेर एकदिन जाने हो 2 ]]

सर्जक- एच.एल. गौतम

खनदह3! (अर्घाखाची)

     हाल- भारत।।

Leave a reply

HTML Tags are not supported

Post My Comment »