अमेरिकामा पिल्सिएका नेपालीको मन

१७ भाद्र २०७४

banner

प्रेमबहादुर शाही

आज विश्वभर अमेरिका भन्ने शब्द आफैमा 'गौरव' भएको छ। त्यहाँको डलरले आज विश्व बजार खाएको छ। उनीहरु नयाँ प्रविधिको आविष्कारमा दुई कदम अगाडि आफ्ना सफलताका पाइला चाल्दै गएका छन्। अमेरिकामा उत्पादिन हुने सामाग्रीसँग अन्य देशका उत्पादन सामाग्रीले प्रतिस्पर्धन गर्न सक्ने अवस्था  छैन्।

त्यसैले सु–सम्पन्न अमेरिकाले आफ्नो देशका नागरिकलाई विभिन्न किसिमका सेवा सुविधा दिने गरेको छ। तर सोही देशमा आइपुगेका आप्रवासी अर्थात विभिन्न वाहाना बनाई अमेरिका भासिएकाका मानिसको जीवन कस्तो होला? सवैको मनमा यो कुराले कौतुहलता जगाउने गरेको छ।

अमेरिका यस्तो देश हो, जहाँ काम नगरी कोही टिक्नै सक्दैन्। अमेरिकामा गएका नेपाली कडा मिहिनेतमा कमाएको रुपैयाँ उनीहरुलाई आफ्नो मातृभूमिका केही गर्ने चाहाना गरेका हुन्छन्।

 

एक दशक लामो मेरो पत्रकारिता पेसालाई आत्मसाथ गरी विभिन्न फरक/फरक विषय वस्तुमा मेरो कलम चलउँदै गर्दा, आज अमेरिकामा छरिएर रहेका नेपालीहरुको कथा, गाथा र त्यहाँका मानिसले भोगेको पीडाका घाउलाई फेरि एकपटक कलमको माद्यमबाट बल्झाउँदै छु। बाहिरबाट जसरी अमेरिका भनेर चिनिने गरेको छ, त्यो भन्दा फरक छ, अमेरिकामा बासोवास गर्ने नागरिकहरुको पीडा।

अझै वषौंदेखि शरणार्थी जीवन बिताइ  अमेरिकामा रगतको पसिना बगाउनु परेकामा काहाली लाग्दो जीवनको पीडा कसैले कल्पना समेत गर्न सक्दैन। अमेरिकामा पुगेका अन्य देशका नागरिक मात्र नभएर आफ्नै देशका नागरिकप्रति राज्य कति उदासिन छ त्यसको ब्याख्या विश्लेषण गर्न गाह्राे छ।

उनीहरु रात दिन आगोको रापमा पिल्सिए जस्तो गरी जीवन बिताउनु परेको छ। अमेरिकामा रहेको सवैभन्दा ठूलो रङ्गभेद्का कारण सयौँ मानिस सुरक्षित स्थानको खोजीमा चित्कारको आवाज निकाल्दै आफ्नो पुख्र्यौली थातथलो छोड्ने गर्दछन्। मातृभूमिमा भइरहेको आन्तरिक द्वन्द्व र बाहिरबाट हुने आतंककारीको गतिविधिबाट जोगिन उनीहरुले अन्य देशमा शरण लिन पुग्ने गर्दछन्।

त्यतिकै त आफू जन्मेको हुर्केको ठाउँ छाडेर अर्को मुलुकमा शरणार्थी बन्ने चाहना कसैमा हुँदैन। हरेक मानिसको आफ्नो मुलुकसित छुट्टै नाता हुन्छ। त्यो नाताबाट बिछाेडिनुको पीडा कति चर्को छ?

अहिले अमेरिकामा यस्तो पीडा छ, भन्दा विश्वास नलाग्न सक्छ, तर बास्तविकता त्यही छ। न देशको वातावरण नै राम्रो छ, न बुढौलीमा बाबुआमाले छोराछोरीको सुखको कमाइ खान लाउन समेत पाउँदैनन्। जीवनको अन्त्यसम्म पनि आफ्नै पाखुरा बजारेर बाँच्नु पर्ने कष्टकर जीवन छ, त्यहाँका नागरिकको। अमेरिकामा यस्तै–यस्तै दर्दनाक पीडाको जाँतोमा पिल्सिएर बस्न माध्य छन, नेपालीहरु पनि।

त्यसैले त उनीहरु जुन नेपाल र नेपाली भन्ने वित्तिकै मन हर्षित हुने गरेको बताउँछन्। एउटै घरमा बासोवास गर्ने नेपाली भएपनि हप्तौ महिनौसम्म भेटघाट समेत हुन पाउँदैन्। जीवनको यात्रामा भोगेका सुख दुःखका कुराहरुले मन भरिएको हुन्छ। तर सवै एक आपसमा आदान प्रदान गर्न नपाउँदाको पीडाले उनीहरु झनै छट्पटाई रहेका हुन्छन।

कहिलेकाँही भेट भयो भने, शरीर परदेश भएपनि मन स्वदेशमै भएको जस्तो गरी एक आपसकमा अंगालाे हालेनर आफ्नो अनुभूतिलाई साटासाट गर्ने गरेका छन्। पछिल्लो समयमा नेपालीले पाएको सुख र दुःखको विषय बस्तुमा सवैले संचारमाध्यबाट देख्न, पढन र लेख्न पाएका छन्।

उनीहरुको घाउमा मल्हम पट्टी बाध्ने काम संचार जगतले गरेको छ। मनमा गुम्सिएर रहेका कुराहरुलाई आफ्न्तसम्म पुर्याइ उनीहरुको दैनिक जीवनमा भएका सत्य र तथ्य कुरालाई बाहिर ल्याउन गतिलो हतियार संचारमाध्यम भएको छ। केही अघिदेखि आफूले भोगका दुःखका घटनालाई समाल्न नसकी आत्महत्याको बाटो रोच्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ।

त्यसमा अमेरिकी नागरिकमात्र नभएर बाहिरबाट गएका गैर नागरिकको संख्या धेरै रहेको सरकारी तथ्यहरु सार्वजनिक भइरहेका छन्। त्यही पीडाको घाउमा मल्हम लगाउनको लागि अमेरिकी समाजमा नव धनाढ्यहरुको बहुल्यतासँगै आफ्नो नेपालीको अस्तित्व खोज्ने प्रयासमा भइरहेको छ। नेपाली कला संस्कृतलाई सधै माया गरी त्यसको जगेना गर्नेतर्फ पछिल्ला पिढीँ अग्रसर भएर लाग्ने गरेका छन्। सुविधासम्पन्न आधुनिक जीवन जीउन पाउँदा जति खुसी छन्, त्यती नै दुःखी पनि छन, त्यहाँको रहन सहन, रिति रिवाज, चालचलन र कला संस्कृति देखेर नेपाली वाक्क दिक्क हुने गरेका छन्।

त्यसैले अमेरिकामा वषौं वर्षसम्म बसेर राम्रो आर्थिक हैसियत बनाएका नेपालीहरु पनि रात दिन आफ्नो प्यारो जन्मभूमिलाई सम्झिरहेका हुन्छन् । गरिवीले मानिसलाई अन्य देशमा जती गुलामी गनुुपर्ने बाध्यता बनाए पनि आफ्नो नेपाली हुनुको गौरव र जन्मभूमिलाई कहिल्यै विसिएका हुदैनन्। जीवन जीउँनका लागि संसारको जुन कुनामा गएपनि सवै नेपालीहरुको अन्तिम चाहाना आफ्नो देशमा दहत्याग्न नेपालमै पाइयोस भन्ने रहेको छ। त्यसैले त उनीहरु नेपाली भएर जन्मनु र नेपालमै देहत्याग्न पाइयोस भनेर प्रथना गर्दछन्।

हामी जहाँसुकै कुना कन्दरामा भएपनि हामी नेपाली हौं, नेपाली भएर जीउँनु पर्दछ भन्ने गरेका छन्। जति सुख दुःखको जीवन बिताउन पनि नेपाली कला, संस्कृति, सामाजिक संस्कारलाई त्यति नै माया गर्दछन्। देशको विकराल अवस्थाबाट उकुस मुकुस भएर विदेसिन बाध्य भएका नेपाली त्यहाँको सामाजिक संस्कारले छिट्टै नै आफ्नो देशको स्मण गराउने गर्दछ।

अमेरिका यस्तो देश हो, जहाँ काम नगरी कोही टिक्नै सक्दैन्। अमेरिकामा गएका नेपाली कडा मिहिनेतमा कमाएको रुपैयाँ उनीहरुलाई आफ्नो मातृभूमिका केही गर्ने चाहाना गरेका हुन्छन्। अव त्यसको लागि राज्यले उनीहरुको लागि सहज वातावरण बनाई विदेशमा बसोबास, मेहेनत गरी व्यापार व्यावसाय गर्न त्यहाँको कानुनी धेरै अप्ठारो भएकाले स्वदेशमै लगानी गर्नको लागि प्रोत्साहन दिई अमेरिकामा रहेका नेपालीलाई मात्र नभएर विश्वमा छरिएर रहेका नेपालीहरुलाई आफ्नै देशमा फकर्ने वातावरण राज्यले बनाई संसारभर रहेका नेपालीहरुले पनि आफ्नो काम, कर्तब्य र अधिकार के हो? भन्ने कुराको बोध गरी जन्मभूमि फर्किने सोच गर्नु अति आवश्यक छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »