कविता - "देश छोड्नुको पिडा "

१७ भाद्र २०७४

banner

देश छोड्नुको पिडा त
मलाई पो थाहा छ
जसरि समयले मान्छेलाई
छोड्छ ?
बचेँराहरु गुडमै माउले
छोड्छ
अनि एक्लिन्छ मन
अभाबै अभाबमा
देश छोड्नुको पिडा त
मलाई पो थाहा छ ।

उज्यालो घामले
बनाएको पहाड्को
सिमारेखाहरु
अनि खोला र
डाडाँहरुले छुटाएको
बस्तिहरु
हो, देश त
यहाँ भेटीन्छ
सम्झनामा देश
छोड्नुको पिडा त
मलाई पो थाहा छ
जसरी बतासले
क्षितिज नाघेर जान्छ
बादल फाटेर छुटीन्छ
त्यसरी नै म पनि
छुटिएको छु
खोला बाट छुटिएको
भङलो जस्तै
मुल बाटो बाट
छुटिएको दोबाटो जस्तै
हो, म छुटिएकोछु
अनी देश छोड्नुको
पिडा त मलाई
पो थाहाछ । 


- गौतम सागर राई
कोलोराडो अमेरीका ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »