रुखमा ठोक्किए जिप दुर्घटना, घटनास्थलमै दुईको मृत्यु

१८ भाद्र २०७४

banner

समाचार प्रतिनिधि तस्वीर

उर्लाबारी । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। 

तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट खसेर रुखमा ठोक्किएको थियो। दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राईको मृत्यु भएको इप्रका बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। 

दुर्घटनामा परी गम्भीर घाइते भएकी झापा भद्रपुर–१ की १८ वर्षीया रेणु राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। 

स्कारपिओ पूर्णरुपमा क्षतिग्रस्त भएको छ। प्रहरी निरीक्षक कटुवालका अनुसार स्कारपिओका चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा छैनन्। दुर्घटनामा चालक पनि घाइते भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। रासस 

Leave a reply

HTML Tags are not supported

Post My Comment »