गीत - एन आर एनको भोट गित

१८ भाद्र २०७४

banner

--बिष्णु सिंह (बैजु)-
 
भोट नहालौ,
लोकाचारी हुने सबको,
हालौ कसै न कसैको ।
 
न यि नेता काम गर्ने,
भोट पाए पछी,
मतदातालाई छ्लगर्ने ।
 
हालौ भोट्पाप लाग्ने,
न हालौ भोट खेर जाने ।
 
भाषण कै भरमा
के बिस्वास गर्ने ।
खोलो तरे पछी,
टेकेको लउरो बिर्सने ।
 
कोही काला कोही सेता,
भोट माग्ने यि छट्टु नेता ।
 
स्वच्छ मनले छानी,
असल ब्यक्ती जानी,
सही ब्यक्ती चुन्ने,
बसालौ हामी बानी । ।
 
काला हुन वा सेता,
फरिया लाउन वा टोपी,
निष्पक्ष भोट हाल्नु ,
चुन्नु काम गर्ने नेता ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »