ईन्द्रजात्रामा जे देखियो (फोटो फिचर)

२० भाद्र २०७४

banner

काठमाडौँ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मंगलबार काठमाडौँ उपत्यकामा परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइएको छ। सोही अवसरमा वसन्तपुर क्षेत्रमा रथयात्रा, विभिन्न झाँकी तथा सांस्कृतिक बाजागाजाका साथमा नृत्य प्रस्तुत गरिएको छ।

यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ।

यसै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राका अवसरमा आज वसन्तपुर दरबार क्षेत्रस्थित ‘जीवित देवी’कुमारीको दर्शन गरेकी छन्। उनले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनुका साथै मुख्य पुजारीबाट प्रसाद पनि ग्रहण गरिन्। 

वसन्तपुरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक झाँकीको अवलोकन गरिन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो। 

तस्बिरः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »