ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको ज्यान गयो 

२२ भाद्र २०७४

banner

समाचार प्रतिनिधि तस्वीर

नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका-१३ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ। 

आज बिहान ना ५ ख ३७२२ नम्बरको ट्रकले लु ११ प ९२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २२ वर्षे महेन्द्र बिकको ज्यान गएको हो। उनी देवचुली नगरपालिका-१५ का स्थानीय हुन्। 

दुर्घटनामा गम्भीर घाइते भएका बिकको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »