ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव सुरु

२२ भाद्र २०७४

banner

काठमाडौं, २२भदौ । मोबाइल बजारको प्रमुख केनद्रका रुपमा रहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना सुरु भएको छ । आज बिहीबारबाट सुरु भएको यो मोबाइल मेलाको मुख्य प्रायोजकको रुपमा मोटोरोला र लेनेभो मोबाइल रहेको छ । ताम्राकार मोबाइल बजारले मेलाअबधीभर मोबाइल खरिदमा मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको जानकारी गराउँदै ताम्राकार मोबाइल कम्प्लेक्सका सचिब गुरुदत्त शर्माले नेभोको सबै मोडलका मोबाइलको खरिदमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको बताए ।

ताम्राकार मोबाइलबजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध भएको बताउँदै मोबाइल कम्प्लेक्सका कोषाध्यक्ष अनिल ढकालले मोबाइलबजारमा दशैंका बेलादिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनिउ पभोक्ताले पाउने जानकारी दिए। नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइलफोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन लक्की ड्र मार्फत वितरण गरिनेछ । यसैगरी दैनिक २ वटा स्मार्टफोन, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत बितरण गरिने व्यवस्था गरिएको  मोबाइलबजारका अध्यक्ष जगत साउदले जानकारी दिए। यसैगरी साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत नै वितरण गरिने छ ।

मोबाइल मेलाअवधीभर ताम्राकार मोबाइलबजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायत सबै ब्राण्डका मोबाइलफोनको कारोबार हुने छ ।

बम्पर उपहार स्वरुप प्रदान गरिने सुजुकीको  एक वटा जिक्सर मोटरसाइकल र एक वटा सुजुकी कम्पनीकै स्कुटरको लक्की ड्र छठपर्व सकिने बित्तिकै गरिने छ भने एउटा मोटरसाइकल भने दशैं अगाडीनै लक्की ड्र मार्फत बितरण गरिने छ ।

लेनेभो मोबाइल र मोटोरोला मोबाइलले यो मेलालाई मुख्यप्रायोजकको रुपमा साथदिएका छन् ।




 

Leave a reply

HTML Tags are not supported

Post My Comment »