उपचार गरेर फर्किन लागेका पूर्वअध्यक्ष रानामाथि भारतीय लुटेराको आक्रमण 

२३ भाद्र २०७४

banner

कञ्चनपुर । कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन्। 

भारतीय बजारबाट उपचार गरी फर्कने क्रममा नगरा नजिक तीनजना भारतीय लुटेराले हमला र लुटपाट गरेका हुन्। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका रानासँग रहेको मोबाइल सेट र भारतीय रुपैयाँ रु ३६ हजार लुटेराले लुटेर लगेका छन्। 

लुटेराको आक्रमणका कारण रानाको पिठ्यूँ, टाउको, खुट्टा र हातमा चोट लागेको छ। पूर्वअध्यक्ष रानाले लुटेराले मोटरसाइकल रोकेर लुटपाट र आक्रमण गरेको बताए।

इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रहरी निरीक्षक मोहन साउदले भारतीय प्रहरीसँग समन्वय गरी आक्रमण र लुटपाटमा संलग्नहरुको खोजी भइरहेको बताए। रासस 

Leave a reply

HTML Tags are not supported

Post My Comment »