लागूऔषध सहित कलंकीबाट दुई जना पक्राउ 

२३ भाद्र २०७४

banner

काठमाडौँ । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सामाखुसी बस्ने तनहुँको सुक्लागण्डकी–६ का २७ वर्षीय अनिल थापा र टोखा नगरपालिका–५ धापासी बस्ने गोपाल तामाङ रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले थापाको साथमा रहेको फेनारगन ३ एम्पुल, नुरफिन ३ एम्पुल, डाइजेपाम ३ एम्पुल र तामाङको साथमा रहेको नुरफिन १ सय ३४ एम्पुल, डाइजेपाम १ सय ३४ एम्पुल, फेनारगन १ सय ३४ एम्पुल गरी जम्मा ४ सय १२ एम्पुल लागूऔषध सहित बिहीबार पक्राउ गरेको हो। 
    

Leave a reply

HTML Tags are not supported

Post My Comment »