यो हातमा सुन लगाउँदा दुर्भाग्य आउँछ, जान्नुहोस् सुनबारे १४ जरुरी कुराहरु

२३ भाद्र २०७४

banner

काठमाडौं। ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि आफ्नै किसिमको प्रभाव पार्ने गर्छन् । यो सबै सौर्यमण्डलमा भएका ग्रहहरुको प्रभाव भएको बताइन्छ । ज्योतिषीहरुले सुन लगाएर ग्रालाई कसरी प्रभावित पार्न सकिन्छ भन्ने विषयमा सुझाव दिएका छन् । 

१. बायाँ हातमा सुन लगाउनु ज्योतिषशास्त्रअनुसार उचित होइन । यसरी लगाइने सुनले दुर्भाग्य निम्त्याउने विश्वास गरिन्छ । 
२. खुट्टामा सुन लगाउनु हुँदैन । यसले दाम्पत्य जीवनमा गलत प्रभाव पार्ने विश्वस गरिन्छ । 
३. घरमा सुन राख्ने ठाउँ घरको उत्तर पूर्वमा हुनु शुभ मानिन्छ । 
४. सुनलाई रातो वा पहेंलो कपडामा बाँधेर राख्नु र सुनसँग केसर राख्नु शुभ मानिन्छ । 
५. गर्भवती र वृद्धा महिलाले थारै सुन लगाउन सक्ने भए पनि धेरै सुन लगाउनु अशुभ मानिन्छ ।
६. सन्तान प्राप्तिका लागि साहिँली औंला (अनामिका)मा सुन लगाउनु शुभ मानिन्छ ।
७. सुन दानमा ब्राह्मण पुजारी वा गुरुलाई दिनु शुभ हुन्छ । 
८. सुन हराउनु वा भेट्टाउनु अशुभ मानिन्छ । सुन हराउँदा स्वास्थ्यमा समस्या हुन्छ र भेटिएको सुन घरमा राख्दा खर्च बढ्छ ।
९. दाम्पत्य जीवन खुसी बनाउन गलामा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनु शुभ मानिन्छ ।
१०. फलामको व्यापार गर्नेहरुले सुन धारण गर्नु अशुभ मानिन्छ । यसले व्यापारमा नोक्सानी हुन्छ । 
११. चिसो भएमा कान्छी औंलामा सुन लगाउनु र उर्जाको लागि सुनपानी पिउनु लाभदायक मानिन्छ ।
१२. कम्मरमा सुन धारण गर्दा पाचन तन्त्रमा समस्या आउने मान्यता छ । 
१३. मोटोपनको समस्या भएका र रिसाहाले सुन धारण गर्नु उचित मानिँदैन ।
१४. सुन कहिल्र्य पनि अपवित्र नहुने मान्यता छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »