चुनाव प्रचार सवारीमा राजपाको 'साईकल' (फोटो फिचर)

२३ भाद्र २०७४

banner

जनकपुर । प्रदेश नम्बर दुईमा यतिबेला अन्य दलसँगै राजपालाई पनि चुनावी चटारो लागेको छ। यस आगडि दुई चरणका चुनाव वहिष्कार गरेको राजपा यो तेस्रो चरणको चुनावमा सहभागी हुन लागेको हो।

मधेस आन्दोलनकाक्रममा देखिएको मधेसवादी दलप्रतिको जनउभार यो चुनावमा मतमा परिणत होला ? सर्वत्र चासो छ।

चुनाव चिन्ह छाता माग गरेको राजपा अन्ततः साईकल चिन्ह लिएर चुनावमा होमिएको छ।

देशको समथर भेगमा अत्याधिक प्रयोग हुने दुई पांग्रे सवारी साईकल यतिबेला चुनाव चिन्ह बनेर प्रचारमा छ। 

साइकल चिन्ह अंकित झण्डा चुनावी प्रचारका क्रममा प्रदेश दुईका ८ जिल्लामा यतिबेला मोटरसाईकल, जिप, टेम्पो लगायतका सवारी साधनमा फहराउँदै कुँदेका दृश्य देखिन्छ।

राजपाले चुनाव चिन्ह छाता माग गरेको थियो। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा नयाँ दललाई दावी गरेको चुनाव चिन्ह नदिएपछि राजपामा मर्ज भएको दल मध्येको राष्टिय मधेश समाजवादी पार्टीले प्रयोग गर्दै आएको चुनाव चिन्ह लिएर राजपा चुनावमा उत्रिएको हो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »