आजको राशिफल – मिति २०७४ साल भदौ २४ गते तृतीया तिथि शनिबार

२४ भाद्र २०७४

banner

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम रोकिन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। मध्याह्नदेखि केही अवसर प्राप्त भए पनि शुभचिन्तकहरूको मनोभाव विचार गरेर मात्र अघि बढ्नुहोला। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।


बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिहिनेत गर्दा आम्दानी बढ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।


मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साझेदारी र सट्टापट्टामा सामान्य धन आर्जन गर्न सकिनेछ। मध्याह्नदेखि आयस्रोत बढ्नाले तत्कालका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।


कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। कामले लोकप्रिय बनाउनेछ। मध्याह्नदेखि अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तर चिताएको फाइदा भने नहुन सक्छ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। रोकिएको काम सम्पादन हुन सक्छ।


सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि श्रम र समय लगानी गर्नुपरे पनि मध्याह्नदेखि भाग्यले साथ दिनेछ। सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। मिहिनेत गर्दा नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ।


कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटले खर्च भने बढाउन सक्छ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको पूरा मूल्य प्राप्त नहुन सक्छ।


तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। मध्याह्नदेखि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्दा मन खिन्न हुन सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्न सक्छ।


बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुनेछ। मिहिनेतले चिताएको काम सजिलै बनाउन सकिनेछ। मध्याह्नदेखि समयको मागअनुसार चल्न नसक्दा पनि पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको भर पर्दा दु:ख पाइनेछ भने प्रतिस्पर्धीहरूले काममा बाधा पुर्याउन सक्छन्।


धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि बाधाहरू स्वत: हट्नेछन्। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।


मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मध्याह्नदेखि उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)


धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। नयाँ काम सुरु गर्नुअघि शुभचिन्तक तथा सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि व्यापार तथा कृषिमा सामान्य लाभ हुनेछ। तर सहयोगीहरूले हात झिक्नाले कामको बोझ थपिनेछ। प्रतिस्पर्धी बढ्नाले परिस्थितिसँग सम्झौता गर्नुपर्ला। फाइदाका लागि अग्रजहरूको सहयोग जुटाउने चेष्टा गर्नुहोला।


मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अवसर प्राप्त भए पनि परिस्थितिवश चिताएका काममा बाधा होला। खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। आगन्तुकले अलमल्याउन सक्छन्। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला। आफ्नो सूचना बाहिरिनाले अरूले फाइदा उठाउन सक्छन्। शुभचिन्तकहरूको मनोभाव विचार गरेर मात्र अघि बढ्नुहोला। अवसरको खोजीमा दौडधुप गर्नुपर्ने हुन सक्छ। नेपाली पात्रोबाट 

Leave a reply

HTML Tags are not supported

Post My Comment »