नेपालमा बाल यौन दुराचार गरेको आरोपमा अष्ट्रियाली नागरिक पक्राउ

२४ भाद्र २०७४

banner

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेको छ। 

ब्युरोबाट खटिएको टोलीले विभिन्न मुलुकमा नेपाली नाबालकलाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

ब्युरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएको एक नाबालकसमेत मार्कुसलाई ठमेलबाट पक्राउ गरेको हो। जबर्जस्ती करणीअन्तर्गत बाल यौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफीको क्षतिपूर्ति भराउने कानूनी व्यवस्था रहेको छ। रासस 

Leave a reply

HTML Tags are not supported

Post My Comment »