नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना : ४ को मृत्यु, १३ घाइते

२४ भाद्र २०७४

banner

समाचार प्रतिनिधि तस्वीर

नुवाकोट । काठमाडौंबाट नुवाकोटका लागि छुटेको बस थानाभञ्ज्याङमा दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने अन्य १३ जना घाइते भएका छन्।  

काठमाडौंबाट नुवाकोटका लागि छुटेको बा १ ख ६३४८ नम्बरको यात्रुवाहक  बस शनिबार दिउँसो शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाको खबर पाउनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धारको काम गरिरहेको छ। 

ज्यान गुमाउनेको सनाखत भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »