एनआरएनए कोरियाको अध्यक्षमा जुग्जालीलाई समर्थन गर्दै दुई प्रत्यासीद्वारा उम्मेदवारी फिर्ता

२४ भाद्र २०७४

पुरुषोत्तम गौतम, सौल। एनआरएन दक्षिण कोरियाको सेप्टेम्बर १० तारिक आइतबार सौल हुने अधिबेशन नजिकै गर्दा अध्यक्ष पदमा प्रत्यासी उम्मेदवार बिच आफू आफूमा तालमेल गरि गठबन्धन निर्माण गरेका छन्।

अध्यक्षका प्रत्यासी उम्मेदवार लोचन राई र रबिन तामाङ्ले आफ्नो उम्मेदवारी फिर्ता गर्दै ओमनारायण जुग्जालीलाई सम्पूर्ण रुपले साथ सहयोग र समर्थन गर्ने भएका छ्न्। उक्त गठबन्धनबाट लोचन राईले एनआरएन आइसिसि सदस्यमा उम्मेदवारी दिएका छन्।

कोरिया रहेका ५० भन्दा बढी संघ सस्था लागाएत क्षेत्रीय तथा जातिय संस्थाको समर्थनमा अध्यक्ष पदमा ओम जुक्जालीले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। यसरी हेर्दा अध्यक्षका उम्मेदवार २ जनाको समर्थन ओमनारायण जुक्जाली लार्इ, १ जानाको समर्थन लक्ष्मी गुरुङलाई छ भने स्वतन्त्र रूपमा जुनु गुरुङ उभिएकी छिन्।

विभिन्न अनलाइन सर्बेक्षण तथा पोस्टहरुलार्इ विश्लेषण गर्दा अध्यक्ष पदमा ओम नारायण जुक्जालिले जित हासिल गर्ने कोरियामा रहेका नेपालीहरुलेको ठम्याई छ। गठबन्धनको आधिकारी प्यानल यस प्रकार रहेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »