एनआरएनए जापानको नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण रोकिने

२५ भाद्र २०७४

banner

टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण रोकिने भएको छ। यही सेप्टेम्बर ३ तारिखका दिन भएको निर्वाचनका क्रममा इ–भोटिङ प्रणालीको चरम दुरुपयोग गरिएको र उम्मेदवार स्वयंको मतदान समेत अर्कैले गरिदिएको भन्दै उजुरी परेको थियो।

पराजित उम्मेदवारहरुले आफूहरु लोकतान्त्रिक विधि र प्रक्रियालाई मान्ने तर मतदानको विश्वसनीयतामाथि उठेको प्रश्नको सम्बोधन हुनुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेर विरोध गरेका थिए। उनीहरुले निर्वाचनमा भएको धाँधलीको सत्य तथ्य र निश्पक्ष छानबिनको माग समेत गरेका थिए।

एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापाको पहलमा निर्वाचन समितिले आइतबार हुने भनिएको सपथ ग्रहणमा सर्बसम्मत भएका उम्मेदवारलाई मात्र सहभागी गराउने निर्णय गरेको हो।

निर्वाचन प्रक्रियाबाट विजयी भएकाहरुमाथि छानबिन सुरु गर्ने र अन्तिम प्रक्रिया पुरा भएपछि मात्रै उनीहरुको सपथ गराउने निर्णय भएको हो।

बैठकमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापा, आईसीसी सदस्य भूषण घिमिरे, निर्वाचन समितिका संयोजक ओम गुरुङ, उम्मेदवारहरु बासुदेब लामिछाने, उत्तमकुमार श्रेष्ठ, राज सापकोटा र कुमार कार्कीको सहभागिता थियो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »