आजको राशिफल - मिति २०७४ साल भदौ २६ गते पञ्चमी तिथि सोमबार

२६ भाद्र २०७४

banner

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अवसर प्राप्त भए पनि कर्तव्य पूरा गर्न नसकिएला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। तापनि मिहिनेत गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। साँझदेखि आफ्नो बोली-व्यवहारमा कमजोरी फेला पर्न सक्छ। लेनदेन र वादविवादमा सजग रहनुपर्ला। 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना देखिन्छ। साँझदेखि साइनो गाँस्नेहरूले अप्ठ्यारो पार्न सक्छन्। भेटघाटले अलमल्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। आम्दानी रोकिनाले योजना स्थगन गर्नुपर्ला। मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ। 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने जिम्मेवारी भने प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। साँझदेखि जीवनशैली व्यस्त रहनेछ तर सोचेको उपलब्धि नहुन सक्छ। अरूका लागि उपयोग भइने सम्भावना छ। 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला, साँझदेखि सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुनेछ। 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भौतिक सुविधाले खर्च निम्त्याउला। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। स्वास्थ्य प्रतिकूल रहे पनि समस्या दर्साउँदा साँझदेखि शुभचिन्तकहरूले साथ दिनेछन्। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। साँझदेखि गोपनीयता बाहिरिनाले काममा समस्या आइपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। साँझदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना प्रारम्भ हुनेछन् भने पढाइलेखाइमा पनि प्रगति हुनेछ। 

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनाले आँटेको काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ। पशुधन र जमिनबाट लाभ हुनेछ। 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्नै वचन पूरा गर्न नसक्दा नैतिक प्रश्न देखापर्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। साँझदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। सिर्जनात्मक कामले प्रतिष्ठा दिनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। फलितज्योतिषाचार्य: उपप्रा. लक्ष्मीप्रसाद बराल, सहयोगी : नेपाली पात्रो

Leave a reply

HTML Tags are not supported

Post My Comment »