उत्तर कोरियाले फेरि दियो अमेरिकालाई धम्की, प्रतिबन्ध लगाए यस्तो गर्ने चेतावनी

२६ भाद्र २०७४

banner

एजेन्सी। उत्तर कोरियामाथि नयाँ किसिमको प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा लगेपछि अमेरिकाले उत्तर कोरियाको खतरनाक धम्कीको सामना गर्नुपरेको छ । उत्तर कोरियाले पछिल्लो हाइड्रोजन बमको सफल परीक्षण गरेसँगै अमेरिकाले उत्तर कोरियामाथि नयाँ किसिमका प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा लगेको थियो । 

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमा प्रतिबन्धको प्रस्ताव लैजान नेतृत्व गर्ने अमेरिकाले यसको मूल्य चुकाउनुपर्ने बताएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ‘अमेरिकाले न्यूक्लियर टेष्टको विषयलाई सुरक्षा परिषदमा आफूअनुकूल तोडमोड गरेर प्रस्तुत गरिरहेको छ । यो परीक्षण बैध आत्मरक्षात्मक उपायको हिस्सा हो ।’ उत्तर कोरियाले यस्तो प्रस्ताव सुरक्षा परिषद्मा लैजाँदा अमेरिकाले मूल्य चुकाउनुपर्ने बताए पनि कस्तो मूल्य भन्ने खुलाएको छैन ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »