युनिफर्म नलगाइ स्कुल आइन् बालिका, शिक्षकले पुरुष शौचालयमा लगेर गरे यस्तो घृणित काम

२६ भाद्र २०७४

banner

५ कक्षामा पढ्ने बालिका युनिफर्म नलगाइ स्कुल आइन् । बालिकाले स्कुल आउँदा युनिफर्म नलगाएकोले शिक्षकलाई रिस उठेपछि ती बालिकामाथि चरम दुव्र्यवहार भएको छ । शिक्षकले ती अबोध बालिकालाई पुरुष शौचालयमा लगेर त्यहीँ उभिने सजाय दिएपछि अहिले यो घटनाको निकै आलोचना भएको छ । 


घटना भारतको हैदराबादमा भएको बताइएको छ । ७ वर्षका बालकलाई स्कुलमै बलात्कार गरेर मारेको २ दिनपछि ५ वर्षकी बालिकालाई पनि स्कुलमै बलात्कार गरिएको घटना सार्वजनिक भएको भोलिपल्टै भएको यो घटनाले स्कुल कतिसम्म सुरक्षित छन् भन्ने प्रश्न उठाएको छ । 


११ वर्षकी ती बालिका अहिले निकै त्रसित छिन् । उनी स्कुल जान मानिरहेकी छैनन् । स्कुलमा भएको यस्तो कामले ती बालिकामा निकै गहिरो मानसिक चोट परेको बताइएको छ । घटनापछि बालिकाका अभिभावकले स्कुल व्यवस्थापनलाई यसबारे जानकारी दिए पनि व्यवस्थापनले ती शिक्षकलाई कुनै कारवाही नगरेको आरोप लगाएका छन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »