वंगाली चलचित्र पहिलो पटक नेपालीमा, यस्तो देखियो ट्रेलर

२७ भाद्र २०७४

banner

काठमाडौँ । नेपाली चलचित्र यतिको अफिसियल ट्रेलर सार्वजनिक भएको छ। 

बंगाली चलचित्रका अभिनेताले अभिनय गरेको यो चलचित्रमा हिम मानव यतिको अस्तित्व खोजीका लागि हुने अनुसन्धान र मानवीय संघर्षको कथालाई समेटिएको छ। चलचित्रलाई गोपिकृष्ण मूभिजले प्रदर्शन गर्न गर्न लागेको छ।

गोपिकृष्णले यसलाई असोज ६ गते देशव्यापी रुपमा प्रदर्शन गर्न लागेको छ। यो चलचित्रको ट्रेलर सँगै सोमबार पोस्टर समेत सार्वजनिक भएको छ।

मेगा बजेटको यो बंगाली चलचित्रमा नेपाली भाषाको स्वराङकन भएर पहिलोपटक नेपालमा व्यवसायिक प्रदर्शन हुन लागेको हो। सुनिल गंगोपाध्याको उपन्यास टेरर अन दी माउन्टेन पिकबाट एडप्टेसन यो चलचित्रलाई एड्भेन्चर जानरामा राखिएको छ।

भारतको एसभीएफ इन्टरटेनमेन्टको निर्माणमा बनेको चलचित्रमा प्रशस्त नेपाली कलाकारको समय अभिनय छ। यो बंगालको पहिलो थ्रीडी चलचित्र समेत हो। दशैं नजिक यो चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको हो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »