चिया पसलमा उम्लिएको चुनावी बहस (भिडियो संवाद)

२७ भाद्र २०७४

banner

वीरगंज। प्रदेश नम्बर दुईको एकमात्र महानगर वीरगंजमा चुनावी चटारो चलिरहेको छ। दलहरूका चुनाव प्रचार सामग्रीले वीरगंज सहर रंगिएको छ।

चिय पसल छिर्यो भने अगेनामा चिया मात्रै उम्लिएको हुँदैन, चुनावी बहस उत्तिकै उम्लिएको भेटिन्छ। उम्लिएको बहसले टेवलको चिया ठन्डा पारिदिन्छ। लट लटमा चिया थपिन्छ, मान्छे आउने जाने क्रम चलिरहन्छ। तर बहसको प्रशंग फेरिदैन। बहस चुनावमै अडिन्छ।

विचार अनेक बोकेका ग्राहक पसलमा भित्रिन्छन्। उनीहरूको बहसको एजेण्डा एउटै हुन्छ- वीरगंजमा कस्ले जित्ला?

दलीय आग्रह राख्नेले इतर दललाई होच्याएर आफ्नै दल हावी हुने तर्क पेल्छन्। स्वतन्त्र विचार राख्नेहरू ती जब्बर कार्यकर्ताको माझमा घुन पिसिए झैँ पिसिन्छन्। चुनावी ज्वरोले सेकिएका कार्यकर्ता चिया पसलमा पुगेर तातो चिया र तातै बहसले झनै सेकिन्छन्।

डिसी नेपालको टिम वीरगंज घण्टाघर निजक एउटा चिया पसलमा छिर्दा बहस चुनावकै थियो। हामी त्यो बहसमा मिसियौं। चिया टेवलमा हामी मिसिएपछि बहस केही नियन्त्रित फ्रेममा ढालियो। तर बहसले झनै रोचक मोड लियो।

वीरगंज महानगरलाई कसले नेतृत्व गर्दैछ? भन्ने तर्कसंगत पूर्वानुमान यो चिया संवादले दिएको छ। असोज दुई गते खस्ने मतबाट आउने नतिजा अन्तिम हुनेछ, तर यो बहसले नतिजाको पूर्वानुमान गर्न मद्दत गर्नेछ।

चिया टेवलमै गरिएको यो भिडियो संवादः

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »