चलचित्र हिट या साम्राज्ञी ?

२७ भाद्र २०७४

banner

काठमाडौ । नेपाली सुपर हिट चलचित्र ड्रिम्सबाट अभिनय यात्रा सुरु गरेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले अभिनय गरेको चलचित्र ए मेरो हजुर २ अहिले हलमा प्रदर्शन भइरहेको छ।

उनले अभिनय गरेको पहिलो चलचित्र ड्रिम्स सुपर हिट बन्यो । उक्त चलचित्रका कारण उनको चर्चा पनि चुलियो । ड्रिम्सपछि लामो समयसम्म उनले कुनै पनि चलचित्र गरिनन् । राम्रो कथाको खोजिमा भएकाले लामो समयसम्म कुनै चलचित्रमा काम नगरेको उनको भनाइ थियो।

भनेजस्तो कथा पाएको भन्दै चलचित्र हो ए मेरो हजुर २ मा उनले काम गरिन्। उनले अहिले गरेको यो चलचित्रले अहिले राम्रै व्यापार गरिरहेको छ।

पहिले साम्राज्ञी अनमोलका कारण चर्चामा थिइन् भनेहरुलाई उनले ए मेरो हजुर २ पछि गतल सावित गरेकी छिन्। चलचित्र ए मेरो हजुर २ मा साम्राज्ञीको अभिनयलाई दर्शकले मन पराएका छन्।

त्यस्तै साम्राज्ञीको अर्को चलचित्र तिमीसँग पनि प्रदर्शनको तयारीमा छ । उनी अहिले चलचित्र इन्टु मिन्टु लन्डन मा पनि काम गर्ने थालेकी छिन्। उनको यो चलचित्रको धमाधम सुटिङ भैरहेको छ । साम्राज्ञीको भविष्य निर्धारण अब यी दुई चलचित्रले बताउने छ।  ए मेरो हजुर २ ले अहिलेसम्म करिब ६ करोडको आम्दानी गरिसकेको निर्माण पक्षको दाबी छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »