वीरगंज घण्टाघरमा बदलिएको कालो झण्डा

२७ भाद्र २०७४

banner

• टेकनारायण भट्टराई/मदन कोइराला-
बीरगंज। वीरगंज घण्टाघर मधेस आन्दोलनको केन्द्रविन्दु थियो। संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाको ६ महिना लामो आन्दोलनको मियो बनेर घण्टाघर साक्षी बस्यो।

वीरगंज घण्टाघर यतिबेला सेता, राता, हरिया रंगिन झण्डाहरुले घेरिएको छ। विरोधका काला झण्डाको ठाउँ चुनावी झण्डाले लिएको छ।

घण्टाघरले विरोधको प्रतीक कालो झण्डा मात्रै सामना गरेन, कैयौं महिना टायरको कालो धुँवा पनि खपत गर्यो। दोहोरो झडप र हिंसात्मक भिडन्तका बीचमा घण्टाघरले निसासिने गरि अश्रुग्यास धेरैपटक सामना गर्यो।

अहिले समय फेरिएको छ। कालो झण्डाका ठाउँमा यतिबेला राजनीतिक दलका झण्डा फहराएका छन्। विरोध हुने ठाउँमा दलका सभा र चुनावी प्रचार देखिन्छन्।

असोज २ मा हुने स्थानीय तह निर्वाचनकालागि दुई नम्बर प्रदेशमा दलहरुले आफ्नो सम्पूर्ण शक्ति लगाएका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी निकै बढेको छ। गर्मीको वास्ता नगरी राजनीतिक दल चुनाव प्रचारमा व्यस्त देखिन्छन्। मतदाता चुनावको व्यग्र प्रतीक्षा छन्।

कुनै बेला प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीप्रति आक्रामक देखिएका मधेसी दलका कार्यकर्ता यतिबेला सौहार्दपूर्ण वातावरणमा चुनावी कार्यक्रममा सहभागी भएका छन्।

चुनावको माहौल वीरगंजमा मात्र होइन, दुई नम्बर प्रदेशका सबै जिल्लामा उस्तै छ। तर वीरगंज एक्लो महानगर भएका कारण यहाँ दलहरुले तेजिलो नजर गाढेको छन्।

दुई नम्बर प्रदेशमा छिर्दा राजमार्गदेखि भित्री बस्तीसम्म यतिबेला राजनीकि दल आफ्नो प्रचारमा व्यस्त छन्। आन्दोलन भुलेर मधेस केन्द्रित दल पनि यतिबेला मतदाता रिझाउनमा व्यस्त छन्। यो क्षण मधेसका लागि चीर प्रतीक्षित थियो।

कुनै बेला प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीप्रति आक्रामक देखिएका मधेसी दलका कार्यकर्ता यतिबेला सौहार्दपूर्ण वातावरणमा चुनावी कार्यक्रममा सहभागी भएका छन्।

‘अहिले मधेसमा निषेधको राजनीतिक हटेको छ, सौहार्दपूर्ण वातावरण छ,’ वीरगंजका स्थानीय जयप्रकाश प्रसाद गुप्ताले भने ‘ संविधान संशोधनमा दुईतिहाइ नपुगेपछि मधेशी जनताले बुलेट होइन ब्यालेटबाट आफ्नो अधिकार स्थापित गर्न खोजेका छन्।’

यतिबेला दलहरु आफ्ना एजेण्डा लिएर जनताबीच गएका छन्। मधेसको मुद्दालाई देखाएर मत फकाउने होड चलेको छ। मधेसमैत्री भएर प्रस्तुत हुन दलहरुले कुनै कसर बाँकी राखेका छैनन्।

चुनावमा दलबीच मत फकाउन हुने छेडखानी पनि चलेकै छ। एकले अर्कोलाई निचा देखाएर आफू अब्बल देखिने प्रयास चलिरहेकै छ। तर दलहरुले सौहार्दतालाई अंगालेर प्रचार र आरोप प्रत्यारोप चलाएका छन्।

भिडियोः

पेसाले इन्जिनियर जितपुर सिमरा उपमहागरपालिकाका श्याम दाहाल भन्छन् ‘संविधान जारी भइसकेपछिको स्थिति निकै तनावपूर्ण थियो, तर निर्वाचनमा सहभागी हुन राजपा सहमत भएपछि यतिबेला विगत बिर्सेर सबै दल आफ्नो पक्षमा मतदाता तान्न सक्रिय भएका छन्।’

संविधानले मधेसको माग सम्बोधन नगरेको र अन्तरिम संविधानले दिएको अधिकारपनि खोसेको भन्दै आन्दोलनमा होमिएका मधेस केन्द्रित दल यतिबेला स्थानीय तहबाटै आफ्नो अधिकार प्राप्त गर्नुपर्ने भन्दै मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयत्न गरिरहेका छन्।

वीरगंज घण्टाघर यतिबेला सेता, राता, हरिया रंगिन झण्डाहरुले घेरिएको छ। विरोधका काला झण्डाको ठाउँ चुनावी झण्डाले लिएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »