हनीप्रीत नेपालमै भएको प्रमाण भेटियो, हरियाणा प्रहरीले माग्यो नेपाल प्रहरीसँग सहयोग

२७ भाद्र २०७४

banner

काठमाडौं। बलात्कारी बाबा राम रहीमकी छोरी हनीप्रीत नेपालमै भएको प्रमाण भेटिएको हरियाणा प्रहरीले जनाएको छ । हरियाणा प्रहरीले हनीप्रीत नेपालमै भएको भन्दै भारतीइ जासुसी एजेन्सी ‘र’ र नेपाल प्रहरीसँग सहयोग मागेको भारतीय समाचार एजेन्सी ‘एण्डिया न्यूज’जे जनाएको छ । 

नेपाल प्रहरीले भने हरियाणा प्रहरीले सहयोग मागेको बारे कुनै जानकारी दिएको छैन । हनीप्रीत नेपालमा भएकोबारे के प्रमाण भेटियो भन्ने पनि खुलाइएको छैन । तर, हनीप्रीतसँग नेपालमा आदित्य इंसां र अर्का एक जना व्यक्ति पनि साथमै रहेको हरियाणा प्रहरीले दावी गरेको छ । यसअघि भारतीय सुरक्षा बलले हनीप्रीत नेपाल भाग्न सक्ने भन्दै सीमामा सुरक्षा बढाएको थियो । यही बीचमा हनीप्रीत नेपालमै भएको प्रमाण भेटिएको बताइएको हो । 

इण्डिया न्यूजको भिडियो रिपोर्ट हेर्नुहोस् –
 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »