वाशिंगटन डिसीको ईन्द्रजात्रामा लाखेनाच हेर्न नेपालीहरुको भीड

२७ भाद्र २०७४

banner

खेम भट्टचन

वाशिंगटन डिसी- नेवा अर्गनाईजेसन अफ् अमेरिकाले आयोजना गरेको ईन्द्र जात्रामा सहभागिता जनाउन ६००-७०० नेपालीहरुको सहभागिता रहेको छ ।
 
अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डको गेथेसबर्ग बोएड्स स्थित ब्ल्याकहिल रिजनल पार्कमा यही सेप्टेम्बर ११ तारिख आईतबारका दिन आयोजित ईन्द्र जात्रालाई नजर गर्न यती धेरै नेपालीहरुको उपस्थिती रहेको हो । आयोजकले अनुमान गरेभन्दा बढी संख्यामा नेपालीहरुको सहभागिता भएकोले नेवारी खाना समयबजी सबैलाई पुर्याऊन आयोजकहरुलाई हम्मेहम्मे परेको थियो।
 
अमेरिकाका लागी  नेपाली राजदुत डा। अर्जुन कुमार कार्की कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका थिए । संक्षिप्त स्वागत समारोहमा प्रमुख अतिथीको मन्तब्य व्यक्त गर्दै राजदुत डा। कार्कीले प्रबाशमा पनी नेपालको संस्कृति चिनाऊने काममा नेवास् अर्गनाईजेसन अफ् अमेरिकाले गरेको
प्रसंशनिय कार्यमा नेपाली राजदुताबासले एक्यबद्धता जनाउन पाउँदा आफू लगायत नेपाली राजदूताबास परिवारलाई खुशी लागेको बताए ।

संयुक्त राष्ट्रसंघको शभामा भाग लिन नेपाल देखी आएका राज मनिकारले समेत छोटो मन्तब्य राखेका थिए ।  ओगनाइजेशनका बरिष्ठ उपाध्यक्ष पुश्कर प्रजापतीले नेवारी, अंग्रेजी र नेपाली तिन ओटै भाषामा संचालन गरेको उक्त स्वागत(समारोहमा अध्यक्ष बबिता प्रधानले ऊपस्थित सबैलाई स्वागत गरेकी थिइन्।

ईन्द्र जात्रामा लाखे नाच, अष्टमातृका, गणेश, भैरव, कुमारीको नृत्य, पुलुकिसी र आठ वटा देवी देवताहरुको नृत्यहरु रस्तुत गरिएको थियो । कार्यक्रममा नेवास् संस्कृतीका स्कलर तथा पुरोहित बसव राजोपाध्याको निर्देशनमा येन्या पुन्ही ईन्द्र जात्रा को ऐतिहासिक नाटक प्रस्तुत गरिएको थियो।

येन्या पुन्ही ईन्द्र जात्रा किन र कसरी मनाऊने चलन शुरु भएको भन्ने ईतिहांसमा उल्लेख भएतापनि यस प्रकारको प्रदर्शन नेपालमा समेत कहिल्यै आयोजना नभएको  एनओएका निर्बतमान अध्यक्ष रामलाल श्रेष्ठले जानकारी गराएका छन् ।   

ईन्द्रजात्रामा नृत्य गर्ने सबै कलाकारको अनुहारमा सेतो,रातो, निलो, पहेंलो रंगले पोतिएको र आ(आफ्नै देवी देवताको भेष भुषामा प्रस्तुत भएका नेवा स् कलाकारहरुको प्रस्तुतीले उपस्थित सबैको मन जितेको थियो ।

लाखेलाई छु मन्तर गरेर ठिक् पार्ने कलाकार थिए बेलायतस्थित बिश्व प्रख्यात क्याम्ब्रिज बिश्व बिद्यालयबाट पिएचडी गरेर अमेरिकी सरकारको बैज्ञानिक पदमा कार्यरत डा। रोशन लाल श्रेष्ट लगायत सुनिता अमात्य, यज्ञ मान शाक्य, जयम्बु रंजित ,दिवाकर धौभडेल ,मिल श्रेष्ठ, समिरा श्रेष्ठ देवी रूक्मनी ,मेधावी रंजित (भगवान श्री कृष्ण) ,ललिता महर्जन (वशुन्धरा देवी) ,नविन मोहन रंजित (ईन्द्र महाराज) ,सुशील लाल श्रेष्ठ (तान्त्रिक माली), शिवराज जोशी (गुणकामदेव मल्ल राजा) ,बाल कलाकार द्वय अभि धौभडेल र मनु प्रधान तथा लोचनी तारा शाक्यले त्रिपुरा सुन्दरीको रूपमा नृत्य गरेका थिए। उक्त कार्यक्रमलाई डिसीनेपाल डटकमले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरेको थियो ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »