नहरमा खेलिरहेका बच्चाले भेट्टाए यस्तो चीज, हल्लियो पूरा सहर

२७ भाद्र २०७४

banner

एजेन्सी। इङल्याण्डको क्रिस्टलेटन नामक सहरमा तीन जना बच्चाहरु एउटा नहरको किनारामा खेलिरहेका थिए । उनीहरु डोरीमा चुम्बक बाँधेर नहरमा फल्थे ताकि फलामका चीजहरु टाँसिएर बाहिर आउन् । यो कोसिसमा यस्तो चीज निस्कियो जसका कारण उनीहरुका अभिभावक मात्र नभइ पूरा सहर डरायो । 
१२ वर्षका ल्यूक स्टरगेस, ९ वर्षकी बहिनी चार्लोट र उनीहरुका साथी १६ वर्षका डिओन एवान्स नहर किनारामा खेलिरहेका थिए । त्यही बेला चुम्बकमा एउटा वस्तु टाँसियो । उनीहरुले डोरी तान्दा त्यो केहँ गह्रौं महसुस भयो । जब त्यो चीज पानीबाट बाहिर निस्कियो त्यसपछि तीनैजना बच्चा अचम्ममा परे । तीनै जना बच्चालाई त्यो चीज के हो भन्ने थाहा थिएन । 
उनीहरुमध्येका सबैभन्दा ठूला लिओनले त्यो ह्याण्डग्रेनेड हुन सक्ने अनुमान लगाए । यसपछि ल्युकले त्यसको फोटो खिचेर आफ्नी आमालाई पठाए । आमा डनले त्यो फोटो देखेपछि उनले आफ्ना देवर मार्टिनलाई त्यो फोटो देखाइन् । मार्टिन पहिले सेनामा थिए । मार्टिनले देख्नासाथ चिने त्यो ग्रेनेड नै थियो जुन दोस्रो विश्वयुद्धका बेला प्रयोग गरिएको थियो । मार्टिनले यो पनि ख्याल गरे ग्रेनेडको पिन निकालिएको थियो अर्थात त्यो जतिबेला पनि पड्कन सक्थ्यो । 
यो थाहा पाउनासाथ उनीहरु तत्कालै नहरतिर दौडिए । यही बीचमा उनीहरुले प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थलमा आउँदासम्म खबर शहरभरी फैलिएको थियो । खबर फैलिनासाथ पूरा सहरमा हल्लाखल्ला मच्चियो । तर, बम डिस्पोजल टोलीले समयमै बम डिस्पोज गर्न सफल भएका कारण कुनै नोक्सान हुन भने पाएन । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »